आलु र प्याजमा करको ‘डण्डा’, करमाथि कर थपिने भएपछि व्यवसायी आन्दोलित, महंगीको पीरमा नागरिक

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । सरकारले कृषि उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रावधान गरेसँगै व्यवसायी आन्दोलित बनेका छन् । दैनिक उपभोग्य वस्तुमा पनि सरकारले भ्याट लगाउने प्रावधान ल्याएर व्यवसाय नै संकुचित पार्न खोजेको भन्दै व्यवसायीहरुले उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले बजेटमा गरिएको कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रावधान खारेज गर्न माग गरेको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले आर्थिक विधेयकमार्फत आलु, प्याज र स्याउ लगायतका वस्तुमा भ्याट लाग्ने व्यवस्था गरेको थियो । यसरी कृषि उपजमा भ्याट लगाउँदा फलफुल तथा तरकारी महँगिने र त्यसको प्रत्यक्ष मारमा उपभोक्त पर्ने व्यवसायीहरुको भनाई छ ।

हाल नेपालमा आयात हुने आलु, प्याजमा ९ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत आयकर लाग्दै आएको छ । तर, हाल सरकारले गरेको प्रावधानले आफूहरुले तिर्दैै आएको भ्याटमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप गर्दा तरकारी र कृषि उपज ३० प्रतिशतले महंगिने व्यवसायीहरुको दाबी रहेको छ ।

यसरी सरकारले कृषि उपज तथा आलु, प्याजमा मूल्य अभिवृद्धि गर्दा व्यवसायीहरु हतोत्साहित भएको र महँगी बढ्नै बढ्ने भन्दै व्यवसायीहरुले यो प्रावधान खारेजीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.