स्काउट दिवसको अवसरमा प्रदेश स्काउट कार्यालयद्वारा पदक वितरण

A notice in Nepali from Mechinagar Ward No. 10
५ असार, बिराटनगर : नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा प्रदेश स्काउट कार्यालय द्वारा आयोजित मुल समारोह एवं पदक बितरण कार्यक्रम २०८० भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट बोर्डिङ स्कुलमा आयोजना गरिएको कार्यक्रममा माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री बुद्धिकुमार राजभण्डारी ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बर्ष २०७८ मा नेपाल स्काउटले घोषण गरिएको कोभिड १९ संक्रमणको समयमा शव व्यवस्थापन गर्ने स्काउटरहरुलाई पराक्रमी पट्ट पदक एवं प्रशंसा पत्र, डाक्टर अन कल कार्यक्रम मार्फत चिकित्सा परामर्श सेवा उपलब्ध गराउने चिकित्सकहरुलाई स्वयंसेवी पदक र एस. एम. एस., खाधान्न वितरण र क्वारेन्टाइन व्यवस्थापनमा कार्य गर्ने स्काउटर, रोभर/ रेन्जरहरुलाई स्वयंसेवी पदक र प्रमाणपत्र बितरण गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सम्पुर्णमा बधाई व्यक्त गर्दै साहसी कार्यका लागि धन्यवाद सहित प्रदेश भित्र स्काउट विकास र विस्तारका प्रदेश सरकारले उचित सहयोग गर्ने बताउनु भयो। त्यसका लागी आवश्यक सबै सहयोग गर्ने मन्त्रालय र प्रदेश सरकार सदैव अभिभावकको रुपमा उपस्थित हुने बताउनुभयो।
कार्यक्रममा रास्ट्रीय प्रशिक्षकहरु, प्रदेश तदर्थ समितिका पदाधिकारीहरु, चिकित्सक ज्युहरु, पत्रकार ज्युहरु, एड्भान्स स्काउट लिडरहरु,स्काउट लिडरहरु , रोभर/ रेन्जर र स्काउटहरु को उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल स्काउट , कोशी प्रदेश तदर्थ समिति संयोजक रवि खनालले गर्नुभएको थियो भने समिति सदस्य श्री हेमन्त भण्डारीले स्वागत को स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.