विद्यालयलाई शुद्ध पिउने पानी हस्तान्तरण गरी रोटरी क्लब अफ काँकरभिट्टाका २०२३/२०२४ अध्यक्ष रुद्र मैलानीको कार्यकाल शुभारम्भ

A notice in Nepali from Mechinagar Ward No. 10

१६ असार, मेचीनगर : रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२३/२०२४ का अध्यउक्ष रुद्र मैनालीको कार्यकाल आजबाट शुभारम्भ भएको छ । वहाँको कार्यकालको सुरुदिन विद्यालयले खेप्नुपरेको शुद्ध पिउनेपानीको अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ काँकरभिट्टाले मेची जनसाधारण मा.वि. मेचीनगर २ मा शुद्ध पिउनेपानी आयोजना निर्माण गरी हस्तान्तरण गरेको छ । निर्माण सम्पन्न पश्चात रोटरी वर्ष २०२३/२०२४ का अध्यक्ष इन्जिनियर रुद्र मैनालीले कार्यभार सम्हालेको पहिलो दिनको अवसरमा आज आयोजना विद्यालयलाई हस्तान्तरण गरिएको हो । आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच रोटरीले उक्त आयोजना विद्यालयलाई हस्तान्तरण गरेको हो ।

करिब ३ महिना अघिदेखि रोटरीले मेचीनगर नगरपालिका वडा नं २ सँगको सहकार्यमा विद्यालयमा पिउनेपानी शुद्धिकरणका लागि संरचना निर्माण थालेको थियो ।  अब भने यहाँका विद्यार्थीले युभी वाटर ट्रिटमेन्ट प्रणाली मार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् भने विद्यार्थीहरुलाई सहजिकरणका निम्त्ति तीन ठाउँमा ९ वटा धारा जडान गरिएको छ ।

मेचीनगर भरीका सम्पूर्ण विद्यालयमा शुद्ध पिउनेपानीको उपलब्धतालाई अभियान बनाएर सक्रिय यस संस्थाले यसअघि पनि खानेपानीको क्षेत्रमा विभिन्न काम सम्पन्न गरिसकेको छ । मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष सुजन प्रधान लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि बरालले विद्यालयमा शुद्ध पिउनेपानीको आयोजना निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद दिँदै सयौँ विद्यार्थी शुद्ध पिउनेपानीको पहुँचमा पुगेको बताउनुभयो ।

‘समग्र समाज नै नकरात्मक सोचाइतर्फ गइरहेको यस अवस्थामा सामाजिक क्षेत्रमा सक्रिय यस्ता संस्थाहरु प्रति आभारी छु,’ उहाँले भन्नुभयो । यसैगरी कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले पनि विद्यालयले पिउनेपानीको अभाव झेल्नुपरेको स्मरण गर्दै भन्नुभयो ‘पानीको संकट थियो, दुषित पानी पिउनुपर्ने बाध्यता उस्तै तर, अब भने यो बाध्यताको अन्त्य भएको छ । रोटरी क्लब अफ काँकरभिट्टालाई हार्दिक धन्यवाद ।’

संस्थाका २०२३/२०२४ अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव भगिरथ राई र योजना संयोजक दिपेन्द्रराज पाण्डेको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो । खानेपानीसँगै शिक्षा, स्वास्थ्य, वातावरण लगायतको क्षेत्रमा काम गर्ने यस संस्था सामाजिक परिवेशमा सक्रिय छ । संस्थाको २०२३/२०२४ को नारा  ‘Create Hope in the world’ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.