नाबालिगलाई क्लबभित्र प्रवेश गराएको भन्दै एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, काठमाडौँ : काठमाडाै‌ंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

ललितपुर प्रहरी परिसर स्रोतअनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। ‘कम्पनी रजिष्स्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवाल मात्र सञ्चालक देखिन्छ। त्यसैले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको हो’ ललितपुर प्रहरी परिसर स्रोतले भन्यो।

प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.