कोसी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असार, काठमाडौँ : कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् ।

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश; मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.