चितवनको दासढुंगामा बस दुर्घटना, मेचीनगरका २ सहित १९ जना घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

२९ असार, चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बसमा सवार मेची जनसाधरण मा.वि मेचीनगर वडा नम्बर २ का शिक्षक  अरुण राईका अनुसार वहाँका पत्नी सुम्निमा राईसहित वहाँ काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः०५ बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएर त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.