मेचीनगरमा आँखा पाक्ने रोगको कारण बालबालिका जोखिममा : सरसफाइमा ध्यान दिन डाक्टरको सुझाब

A notice in Nepali from Mechinagar Ward No. 10

१४ साउन, मेचीनगर : मेचीनगरमा आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय उमेरका अधिकांश बालबालिकाहरु समस्यामा परेका छन् । मेचीनगरका प्रायजसो सबै विद्यालयहरुका विद्यार्थीहरुमा आँखा पाक्ने रोगको कारण पठनपाठन प्रभावित बनेको छ । काँकरभिट्टाका अरुणोदय माध्यमिक विद्यालय, लोफोफेरस माध्यमिक विद्यालय, सूर्योदय माध्यमिक विद्यालय र तारापूञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरु आँखा पाक्ने रोगबाट संक्रमित बनेका छन् ।

आँखा पाक्ने रोग संक्रमण भएका विद्यार्थीहरुले अरुलाई पनि सार्ने जोखिम बढेको कारण आँखा पाकेर विद्यालय आएका नानीहरुलाई तुरुन्तै अभिवकसँग सम्पर्क गरी फिर्ता पठाउने गरिएको अरुणोदय आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल बताउनु हुन्छ ।
सूर्योदय अंग्रेजी आवासीमा मा.वि.का प्रधानाध्यापक शिव मैनालीका अनुसार आफ्नो विद्यालयको हरेक कक्षामा ३ देखि ४ जना नानीहरु संक्रमित भएका कारण शिक्षकहरुमा समेत आँखा पाक्ने रोग सरेको कारण त्यस्ता नानीहरुलाई निको नहुन्जेल विद्यालय नपठाउन अभिभावकलाई अनुरोध गरिएको बताउनु हुन्छ ।

फाइल तस्वीर

दिव्यज्योती आँखा अस्पतालका आँखा विशेषज्ञ डा. मोनिका कर्माचार्यका अनुसार बच्चामा आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ। आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ। भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिने  आँखा विशेषज्ञ डा. मोनिका कर्माचार्यको भनाइ रहेको छ । वहाँका अनुसार आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन (ब्याक्टेरिया र भाइरस) ले एलर्जी र आँखामा केमिकल परेर। तर, वर्षातको समयमा बच्चाको आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ।  आँखा पाक्दा अत्यधिक पीडा हुन्छ। यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ। आँखा पाक्नबाट जोगिने प्रमुख उपाय भनेको सरसफाइमा ध्यनदिनु हो । आँखा पाकेमा जथाभावी औषधी प्रयोग गर्नुभन्दा आँखा अस्पताल गएर डाक्टरको सल्लाह बमोजिमको औंषधी मात्र प्रयोग गर्न डा.मोनिका सुझाब दिनु हुन्छ ।

अप्टोमेट्रिस्ट सगुन थापाका अनुुसार ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ। भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ। ब्याक्टेरिया निको हुन २ हप्तादेखि १ महिनासम्म लाग्न सक्छ र भाइरल निको हुन ७ देखि १४ दिन लाग्छ। भाइरल र ब्याक्टेरियाबाट पाकेको आँखा एकै प्रकारले सर्छ। आँखा विशेषज्ञ डा. मोनिका कर्माचार्यका अनुसार आँखा पाक्ने लक्षण, उपचार र बच्ने उपायहरु निम्न बमोजिम सुझाउनु हुन्छ :

लक्षण
आँखा पाक्दा आँसु बग्ने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनुका साथै सुन्निने गर्छ। आँसु बग्ने, चिलाउने, उज्यालोमा बस्न नसक्ने, पोल्ने, बिझाउने र रातो हुने आँखा पाक्नुका मुख्य लक्षण हुन्। साना बच्चामा यो समस्या देखिँदा आँखामा जालो देखिन्छ।

उपचार
पाकेको आँखालाई आइसले सेक्दा र सफा पानीले आँखा धुँदा केही सहज महसुस हुन्छ। हाम्रो समाजमा आँखा पाक्यो भने दुईचार दिनमा निको हुन्छ भनेर बजारबाट आफूखुसी औषधि किनेर लगाउने चलन छ। बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्छ।

पुतलीको कणले गर्दा आँखा पाकेको हो भने बजारबाट औषधि किनेर लगाउँदा ज्योति नै गुम्न पनि सक्छ। त्यसैले आँखा पाकेपछि चिकित्सकसँग परार्मश गरेर मात्र औषधि प्रयोग गर्नुपर्छ। इन्फेक्सनको कराणले गर्दा पाकेको आँखा एन्टिबायोटिकको प्रयोग गरेर निको पार्न सकिन्छ।

एलर्जीले पाकेको आँखा औषधि गरेर निको भए पनि सधैंका लागि निर्मूल पार्न भने गाह्रो हुन्छ।

त्यसैले यस्ता बच्चालाई केले एलर्जी भएको हो, पहिचान गरी ती चिजबाट टाढा राख्नुपर्छ। बच्चालाई आँखाको जालो सफा गरेर मात्र औषधि लगाउनुपर्छ।

बच्ने उपाय
– आँखा छुनुभन्दा अगाडि राम्रोसँग साबुन–पानीले हात धुने
– सफा पानीले आँखा धुने
– रुमाल, तौलियाबाट आँसुमार्फत भाइरस तथा ब्याक्टेरिया एकअर्कोमा सर्ने हुँदा आँखा पाकेका बच्चाको आँसु, चिप्राबाट बच्ने र उनीहरुले प्रयोग गरेका रुमाल र तौलिया प्रयोग नगर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.