प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी : कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

A notice in Nepali from Mechinagar Ward No. 10

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नै नरहेको बताएका छन् । ‘पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकामा आफू छक्क परेको’ उनको भनाइ छ ।

शनिबार काठमाडौंमा गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनले कांग्रेसलाई ‘कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ?’ भनी प्रश्न समेत गरे । चार मन्त्रालय लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने उनले बताए ।

“देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिट छ, ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, केको पछि लाग्नुभएको हो ? त्यो उहाँहरूले जान्ने कुरा हो । म केही पनि भन्दिनँ । मेरो कुनै कमेन्ट छैन,” अध्यक्ष ओलीले भने, “२०१५ सालको संसद्मा एकपल्ट केदारमान व्यथितजीले होला, पुच्छरले कुकुर हल्याउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली कांग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ, पछाडि पुच्छर चुप लागेर बसेको छ, अगाडि नेपाली कांग्रेस डोलायमान छ । तन डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरूको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईंहरूलाई यसैगरी चारवटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईंहरूलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।”

उनले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी पनि दिए । पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उनले बताए ।

सांसद सुनील शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई आफूविरुद्ध नबोल्न तर्साएको आरोप समेत उनले लगाए ।

“मैले अस्ति प्रधानमन्त्रीजीलाई भनेँ– अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ, तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाली सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि, हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट, किन मुद्दा नचलाएको ? कारबाही नगरेको ?,” उनले प्रश्न गरे, “अस्ति पार्लियामेन्टमा सुनकाण्डबारे विरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे, किन भन्दाखेरि उहिले तिमी विद्यार्थी हुँदाखेखि पढ्दा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले, तिमीले आफूले लेखेकै होइन, अर्को चिट चोरेर पास गरेको, त्यसको छानबिन गर्दै छौँ । वा, हत्कडीचाहिँ लागिसक्यो, कसलाई ? एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ, त्यसलाई समाउँछ भने अरू यसै थर्किनु परेन ? तर, म भन्न चाहन्छु, सरकारलाई सम्झाउन चाहन्छु–तपाईंहरूको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवालाचाहिँ छैन ।”

पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकार गम्भीर नभएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.