कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच गोप्य भेट

A notice in Nepali from Mechinagar Ward No. 10

२७ साउन, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन्। सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच सम्बन्ध चिसिएको राजनीतिक वृत्तमा कुरा उठिरहेका बेला उनीहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ।

गृहमन्त्री श्रेष्ठ सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेको कांग्रेसका शीर्ष नेताहरूले पुष्टि गरेका छन्। उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको कांग्रेसका ती नेताले अन्नपूर्णलाई बताए।

पछिल्लो समय गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति सभापति देउवाले असन्तुष्टि जनाउँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटक-पटकको भेटमा देउवाले गृहमन्त्री श्रेष्ठको आलोचना गर्दै आएका छन्। तीव्ररूपमा आफ्नो आलोचना गरिरहेको थाहा पाएपछि गृहमन्त्री श्रेष्ठ देउवालाई भेटेका हुन्।

सभापति देउवाले गृहमन्त्री श्रेष्ठलाई हटाउन प्रधानमन्त्री दाहाललाई दबाबसमेत दिँदै आएका छन्। कांग्रेसका अधिकांश नेताहरूले देउवालाई पटक-पटक भेटी गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र बिहीबार सांसद सुनिल शर्मा पक्राउ परेपछि कांग्रेसकै नेता-कार्यकर्ताको दबाबमा कांग्रेस सभापति देउवा रहेका छन्।

अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.