कोसीमा कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, विराटनगर: नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।‌

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।‌

मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.