राष्ट्रपति र ओली बीच भेटवार्ता : सदन अवरोध बारे राष्ट्रपतिको जिज्ञासा

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्को गतिरोधका बारेमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्‍मा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानविन समिति गठनको मागसहित एमालेले साउन १० यता लगातार संघीय संसद्‍का दुवै बैठक अवरोध गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.