सरकारले व्यवसायीलाई विभिन्न बहानामा आतंकित पार्‍यो : ओली

A notice in Nepali from Mechinagar Ward No. 10

३१ साउन, काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीहरूलाई विभिन्न बहानामा आतंकित पारेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले उद्यमी-व्यवसायीलाई आतंकित पारेर सरकार साहुजी बन्न खोजेको आरोप लगाएका हुन्।

सरकारले आफू अनुकुलका व्यवसायीलाई पोसेको उनले आरोपसमेत लगाए। ‘उद्यमी व्यवसायीहरूको डिलिङमा पनि हामीले देखेका छौं। कसलाई असहयोग गर्ने, कसलाई तर्साउने। सिम्रिकको हेलकोप्टरले ४७ लाख बाँकी नतिरेको भन्दै उडान बन्द गरिदियो सरकारले। कति बाँकी छ, तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ। एउटा हेलिकोप्टर कम्पनी पहिल्यै बन्द गरिहाल्यो। भरे खोज्दै जाँदा एक लाख रहेछ। त्यो त उद्यमी व्यवसायीलाई तर्साउने आतंकित पार्ने बहानामात्र हो,’ ओलीले भने।

सरकारले यस्ता खाले हर्कत देखाएर गैरजिम्मेवार बनेको उनको भनाइ छ। ‘सरकारले कसैलाई पनि आरोप लगाएर हतकडी लगाउनसक्ने भयो। यस्तो गैरजिम्मेवार सरकार बन्नसक्छ भने जनताले के अपेक्षा गर्ने?,’ उनले प्रश्न गरे।

आर्थिक मन्दीको बेला सरकारले उद्यमी व्यवसायीलाई सहयोग गर्नुपर्नेमा उल्टै आतंकित पारेकोप्रति उनले दुखेसो पोखे। ‘उद्योग बन्द हुँदैछ। सरकारलाई मतलब छैन। व्यवसाय ठप्प छ। सरकारलाई मतलब छैन। ऋणको व्यवस्था वा त्यसलाई कसरी सहज बनाउन सकिन्थ्यो। तर सरकारको वास्तै छैन यी कुरामा,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.