कोशीकी उपसभामुख दनुवारले लिइन् बिरामी बिदा : अफ्ठ्यारोमा गठबन्धन

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर : कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेशसभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।

५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेशसभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ ।

सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।

सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायसी काम परेको भन्दै बिदामा बसेका छन् । अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उप सभामुख बिदामा बसेको बेला अव प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।

उप सभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।

कोशी प्रदेश सभामा रहेका एमालेका ७ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले हिजै बिदा लिइसकेका छन् । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

थापाले यस बारेको सूचना शुक्रवार नै प्रदेशसभामा दर्ता गराइसकेका छन् । आइतबारलाई मागिएको समय उपसभामुख सिर्जना दनुवारले फेरबदल गरी सोमबार तोकेकी थिइन् । मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनका लागि सत्ता गठबन्धन बाहेक राप्रपा र एमालेले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनसँग कोशी प्रदेश सभामा ४७ मत मात्रै रहेको छ । सभा सञ्चालन गर्ने प्रदेश सभाले बराबर नभएको अवस्थामा विश्वासको मत दिन नपाउने भएका कारण थापालाई विश्वासको मत राप्रपा र एमालेका कारण सङ्कट उत्पन्न भएको छ ।

एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले विश्वासको मत दिन नसक्ने बताए । प्रदेशसभा सदस्यहरू बिरामी परेर या अन्य काम परेर अनुपस्थित हुन सक्ने बताए । उनले भने, ‘यो पार्टीले भन्दा पनि उहाँहरूलाई समस्या परेर बिदा लिनु भएको हुन सक्छ यसमा पार्टीले ह्विप लगाएको छैन ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने विश्वासको मत लिने दिन ज्येष्ठ सदस्य बिदामा बस्नु उप सभामुखले बिदा लिएर सभा नचलाउनु राम्रो सङ्केत नभएको बताए । कोशी प्रदेश सभामा बहुमत पुग्न ४७ सिट आवश्यक पर्छ ।

नेपालप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.