भारतमा कोरोना भ्याक्सिन लगाएका सयौंलाई देखियो साइड इफेक्ट

A notice in Nepali from Mechinagar Ward No. 10

शनिबारदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउन सुरू गरेको भारतमा सयौं मानिसमा यसको ‘साइड इफेक्ट’ देखिएको छ।
आइतबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खोप लगाउन थालेको दुई दिनमा ४४७ जना साइड इफेक्ट देखिएको जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले धेरैजसो साइड इफेक्ट सामान्य खालका भएको बताए।

खोप लगाएपछि कोही अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी परे त्यस्तोलाई गम्भीर साइड इफेक्ट भनिन्छ।
आइतबारसम्म तीन जनालाई मात्रै त्यसरी अस्पताल भर्ना गर्नुपरेको उनले जानकारी दिए।

अस्पताल भर्ना भएकाहरूमध्ये दुई जना उपचारपछि निको भएर घर गएका र अर्का एक जनाको पनि अवस्था सामान्य रहेको अगनानीले जानकारी दिए।

साइड इफेक्ट देखिएकामध्ये धेरैलाई हल्का खोकी लाग्ने, टाउको दुख्ने, असजिलो हुनेजस्ता लक्षण देखिएका छन्।

भारतमा पहिलो दिनमै २ लाख बढी मानिसलाई खोप लगाइएको छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युटले कोभिसिल्ड नाम दिएर उत्पादन गरेको हो।

भारतले आउने ८ महिनामा ३० करोड मानिसलाई कोरोना भ्याक्सिन लगाउन सकिने बताएको छ।

पहिलो ३ करोड भ्याक्सिन अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र अरूलाई दिइने छ। त्यसपछि ५० वर्ष कटेका २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइने छ।

भारत सरकारले सेरमसँग प्रतिडोज २०० सय भारूका दरले १ करोड १० लाख डोज भ्याक्सिन अर्डर गरिसकेको छ। अप्रिलसम्म ५ करोड ६० लाख डोज किन्ने उसको योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.