पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य, ८ घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

पाल्पा :पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिंदा ३ जनाको मृत्य भएको छ भने अन्य ८ जना घाइते भएका छन्। तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गा सहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।

मृतकको सनाखत हुन भने बाँकी रहेको छ ।

तम्घासबाट बुटवलतर्फ जाँदै गरेको जीप आज बिहान करिब सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो । प्रहरी र स्थानीयबासीले तत्काल घाइतेलाई थप उपचारको लागि मिशन अस्पतालतर्फ पठाएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.