१३ भदौं, झापा : नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् ।
एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो ।
त्यसअघि नेपाललाई छैठौं ओभरमा करण केसीले पहिलो सफलता दिलाएका थिए। उनले ओपनर फखर जमानलाई विकेटकिपरको हातबाट क्याचआउट गरेका थिए। यस्तै, सातौं ओभरको पहिलो बलमै नेपालले दोस्रो सफलता पायो। अर्का ओपनर इमाम उलहकलाई कप्तान रोहितकमुार पौडेलले रनआउट गरेका थिए।
यस्तै, २४औं ओभरको चौथो बलमा इनफर्म विकेटरकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट रनआउट गरे। रिजवानले ५० बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए।
ताजा अवस्थामा पाकिस्तानले २८औं ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ । क्रिजमा कप्तान बाबर अजाम ६५ बलमा ४९ रन बनाएर खलिरहेका छन्।

























