आज काठमाडौं महानगरमा सार्वजनिक बिदा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सापारु र रोपाइँ जात्रा मनाउन महानगर क्षेत्रमा बिदा दिइएको हो ।

परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

बिहीबार जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेकोले सरकारले बिहीबार मात्र सार्वजनिक बिदा दिएको थियो । बिहीबार नै गाईजात्रा मनाइए पनि शुक्रबार भने रोपाइँ जात्रा मनाइने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.