नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित

A notice in Nepali from Mechinagar Ward No. 10

एसिया कप–२०२३ मा नेपाल र भारतबीचको जारी खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलको दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालले दिएको २३१ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको भारतले २.१ ओभरको खेल सकिँदा विकेट नगुमाई १७ रन जोडेको छ ।

वर्षाका कारण खेल नेपाली समयअनुसार राति ८ः३३ बजेदेखि रोकिएको हो ।

भारतका रोहित शर्माले चार र सुभमन गिलले १२ रन बनाएका छन् । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गर्ने छ । सुपर फोरमा प्रवेशका लागि भारत पनि जित्नैपर्ने दबाबमा छ । वर्षाका कारण खेल रद्द भए भारत दुई अंकसहित सुपर फोरमा प्रवेश गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.