एमाले नेता कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ

A notice in Nepali from Mechinagar Ward No. 10

२२ भदौं, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

एमालेसँग सहकार्य गर्दै आएको राप्रपा भने नवनियुक्त मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने प्रमुख सचेतक अमरबहादुर विष्टले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका छन् ।

मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेको छ । नवनियुक्त मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै रखेका छन् ।

तीनै जना मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.