राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेकोमा जो बाइडेनलाई बधाई सन्देश पठाएकी छिन् । परराष्ट्रमन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले बाइडेनको सफल कार्यकालको कामना गर्दै बधाई सन्देश पठाएकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले बाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेकी छिन् । साथै अमेरिकाको नयाँ नेतृत्वले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा प्रभावकारी कदम चाल्नेमा पनि राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छिन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । उपराष्ट्रपति पुनले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्दै इतिहास रचेकोमा पनि ह्यारिसको प्रशंसा गरेका छन् । साथै नयाँ नेतृत्वले लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राखेकोमा उपराष्ट्रपति पुनले प्रशंसा गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेकोमा जो बाइडेनलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले बाइडेनको नेतृत्वमा अमेरिकाले थप समृद्धि र प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् । साथै नेपाल–अमेरिकाबीच लामो समयदेखिको मित्रता अझ मजबुत हुने पनि उनले विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै नयाँ नेतृत्वसँग मिलेर विविध विषयमा सहकार्य गर्न नेपाल आतुर रहेको पनि प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बाइडेनको कार्यकालमा द्विपक्षीय सम्बन्धका साथै आर्थिक साझेदारी र नागरिक–नागरिकबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुत हुने पनि विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.