‘भिजिट प्रोटोकल’ले नेपालको छवि बिगारेको भन्दै फेर्न सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

७ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल आउने पर्यटकका लागि सरकारले तोकेको भ्रमण सम्बन्धि स्वास्थ्य प्रोटोकलले नेपालको छवी बिगारेको निष्कर्ष निकालेको छ । बोर्डले ४ माघमा पर्यटनसँग सम्बन्धित संघसंस्थासँगको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो ।

विद्यमान स्वास्थ्य प्रोटोकलले नेपालको पर्यटकीय छवी अझ खस्किएको, अन्तराष्ट्रिय संचारमाध्यम र पर्यटन एजेन्सीहरुले नेपालको आगामी पर्यटन सिजन बन्द भएको समाचार संप्रषण गर्ने देखिएको भन्दै तत्काल प्रोटोकल परिवर्तन गर्न बोर्डले सरकारलाई सिफारिस गरेको छ ।

बोर्डले छलफलबाट आएका निष्कर्षसहित मन्त्रालयमा प्रोटोकल पुनरावलोकनका लागि अनुरोध गरेको हो । अहिले स्वास्थ्य मन्त्रालयले बनाएको कडा प्रावधान पुरा गरेपछि मात्र पर्यटक नेपाल आउन सक्छन् ।

नेपाल आएपछि कम्तिमा १० दिन क्वारेन्टिन बस्नुपर्छ । त्यसपछि आफ्नै खर्चमा पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा मात्र घुमफिरमा निस्कन पाउने प्रावधान रहेको छ । यसले नेपाल आउन चाहने पर्यटक समेत निरुत्साहित हुने बोर्ड र व्यवसायीको निष्कर्ष रहेको छ ।

यस्तो छ बोर्डले सिफारिस गरेको प्रोटोकल

१. हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट अनअराइभल भिसा सेवा सुचारु गर्ने ।

२. हवाई मार्गबाट नेपाल भित्रिने यात्रुहरुको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य गरिएको हुनुपर्ने, तर पाँच वर्ष मुनिका बालबालिकाको हकमा यो नियम लागु नहुने ।

३. भारतीय बाहेक अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुन पिसिआर चेक गर्नुपर्ने र सो रिर्पोट नेगेटिभ आएमा क्वारेन्टाइनमा बस्न नपर्ने, स्वाव संकलन त्रिभूवन अन्तरास्टि्रय विमानस्थलमा हुने र २४ घण्टा भित्र रिर्पोट दिने व्यवस्था मिलाउने ।

४. भारतीय नागरिक को हकमा बबल एग्रीमेन्ट अनुसार नै हुने

५. भारतसँग जोडिएका सम्पूर्ण नाका खुल्ला गरि स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरुकोलागि ९६ घण्टा अवधिमा गरिएको पिसिआर रिर्पोट नेगेटिभ आएको हुनुपर्ने

६. स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर भारतबाट नेपाल भित्रिने अन्य मुलुकका यात्रुले नेपाल आई पुन पिसिआर चेक गर्नुपर्ने र सो रिर्पोट नेगेटिभ आएमा क्वारेन्टाइनमा बस्न नपर्ने, स्वाव संकलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टा भित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउने ।

७. कोभिड १९ को खोप लगाएका यात्रीहरुको हकमा प्रमाण देखाएमा पिसिआर नचाहिने, उनीहरुले कोरोनाको परीक्षण नेपालमा पुनः गर्नु नपर्ने र क्वारेन्टाइनमा समेत बस्नु नपर्ने ।

८. नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्य तथा सम्पूर्ण गतिविधि -होटेल, ट्रयावेल, ट्रेक्किङ, हाइकिंग, रेस्टुरेन्ट, स्पा, राˆटिइंग, प्याराग्लइििडÞंग, होमस्टे, एडभेन्चर एक्टिभीटिज, पर्यटकीय सवारीसाधन, पार्टी प्यालेस, रात्रीकालिनलगायत गतिविधि) पूर्ण रुपमा तोकिएको मापदण्ड अपनाएर सुचारु गर्ने ।

९. पर्यटकको सुविधाका लागि नेपाल भित्र आवश्यकता महसुस गरेमा होटेल र अस्पतालले सहकार्य गरि प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर संचालन गर्न सक्ने ।

१०. नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य रुपमा ट्राभल बीमा गरिएको हुनु पर्ने ।

११. नेपाल भ्रमणमा आउने पर्यटकलाई भिसा सिफारिस सम्बन्धमा पलना गर्नुपर्ने शर्तहरुः

भ्रमण तालिका
नेपाल आगमन हुने मिति
यात्रा बिमा
ट्रेकिङ हकमा ट्रेकिङ कम्पनीले तयार पारेको तालीका र अन्य शर्त यथावत रहने
टूर र र्‍याफि्टङको हकमा एजेन्सीले तयार पारेको तालीका मान्य हुने
व्यक्तिगत रुपमा टूरमा निस्कने पर्यटकको हकमा थप होटेल बुकिङ निश्चित भएको हुनुपर्ने पदयात्रामा जानेका लागि ट्रेकिङ कम्पनीले तयार पारेको भ्रमण तालीका आवश्यक
१२. माथि उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन बिभागले सिधै टुरिष्ट भिसा दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.