काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । अन्जनाले सोमबार भक्तपुर निवासी प्रेम निवासी अविरल लामासँग विवाह गरेकी हुन् ।
१४ वर्षको उमेरदेखि राष्ट्रिय टोलीको नियमित सदस्य रहँदै आएकी अन्जनाले उमेर समूहको टोलीको कप्तानी भुमिका समेत सम्हालीसकेकी छिन्।
विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट घरेलु फुटबल खेल्दै आएकी २१ वर्षीय अन्जना नेपाली महिला फुटबल क्षेत्रको उमेर समूहमा सफल कप्तानको रुपमा समेत परिचित छिन् ।

























