६ महिनामा १ करोड रुपैयाँबढि राजस्व संकलन

२४ हजारबढि सवारी साधन कारवाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

विर्तामोड, ९ माघ | चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले १ करोड ७१ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही स्वरुप राजस्व संकलन गरेको हो । यो अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मातहतका कार्यालयले जिल्लाका अलग अलग स्थानमा छड्के तथा नियमित चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका २४ हजार ५ सय वटा सवारी साधनलाई कारवाही गरेको थियो ।

कारवाहीमा सवैभन्दा बढी मोटरसाइकल परेका छन् । यो अवधिमा मोटरसाइकलबाट मात्रै कार्यालयले ६१ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ भने, ८ हजार ७ सय ६० वटा मोटरसाइकल प्रहरी कारवाहीमा परेका थिए ।

यसैगरी, सवारी नियम पालना नगर्ने दोस्रो स्थानमा ट्रक छन् । ४ हजार २ सय वटा ट्रकलाई प्रहरीले कारवाही गर्दा ३१ लाख ७२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो छ । प्रहरीले चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो ६ महिनामा २ हजार ५ सय ५२ वटा टेम्पो, अटो, सिटी सफारीलाई कारवाही गर्दा १ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । २ हजार ९८ वटा ट्याक्टर, ३ हजार ४ सय ९ वटा जीप,कार भेन , १ हजार २ सय ९४ वटा बस र १ हजार १४ वटा टिपर समेत यहि अवधिमा कारवाहीमा परेका थिए । कारवाह िस्वरुप कार्यालयले ट्याक्टरबाट १४ लाख २४ हजार ५ सय, जीप,कार भेनबाट २३ लाख ८४ हजार बसबाट ८६ लाख ८५ हजार र टिपरबाट ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अन्य सवारी साधन १ हजार १ सय २३ वटा कारवाहीमा पर्दा ७५ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरीको अभिलेख हेर्दा सवैभन्दा बढी पुसमहिनामा ५ हजार ५० वटा विभिन्न प्रकारका सवारी साधन कारवाहीमा परेका छन् । साउनदेखि पुसमहिनासम्मको अभिलेख हेर्दा हरेक महिना सवारी नियम उल्लंघन गर्ने सवारी साधनको संख्या बृद्घि भएको छ । साउनमा ३ हजार सवारी साधन कारवाहीमा पर्दा भदौमा त्यो संख्या बढेर ३ हजार ३ सय पुगेको छ । असोजमा ३ हजार ६ सय ५० वटा कारवाहीमा परेका थिए कात्तिमा ८ सय ५० वटा बढेर सवारी नियम पालना नगर्ने ४ हजार ५ सय सवारी साधन कारवाहीमा परेका थिए । कात्तिकको तुलनामा मंसिरमहिनामा सवारी नियम उल्लंघन नगर्ने सवारी साधनको संख्या ५ सयले बृद्घि भएको छ । मंसिरमा ५ हजार सवारी साधन कारवाहीमा परेको अभिलेख कार्यालयमा छ ।

सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ्ग गर्ने, हेल्मेट नलगाउने, डिजिटल हरन बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरीवाना गरिने कार्यालयले जनाएको छ । जिल्लामा शहरीक्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा सवारी नियम उल्लंघनका घटना हुने गरेको प्रहरीको भनाई छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.