काँकरभिट्टा नाकाबाट भारत तथा तेश्रो मुलकबाट नेपाल भित्रिने सामग्रीको आयात वृद्धि

A notice in Nepali from Mechinagar Ward No. 10

पूर्वी काँकरभिट्टा नाकाबाट भारत तथा तेश्रो मुलकबाट नेपाल भित्रिने सामग्रीको आयात बढेको छ । काँरकभिट्टा नाका भएर नेपाल भित्रिने मुख्य दशवटा मालवस्तु मध्ये ६ वटा मालवस्तुको अयात घटे पनि बाँकी चारवटाको आयातमा वृद्धि भएको सरकारी तथ्याङ्क छ ।

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको अवधिको तुलनामा चालु आर्थिक २०८०/०८१ को सोहि अवधिमा आयात बढेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलका अनुसार मुख्य दश वस्तुहरुमध्ये चारवटाको आयातमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनामा यो नाका भएर ३५ करोड ८३ लाख ५९ हजार रुपैयाँ बराबरका मालवस्तु आयात भएको सूचना अधिकारी एवम् भन्सार अधिकृत कडेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/०८१ को सोहि अवधिमा ३७ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरका मालवस्तु आयात भएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहनिाको अवधिको तुलनामा चालु आर्थिक २०८०/०८१ को सोहि अवधिमा १ करोड ६२ लाख ८६ हजार रुपैयाँ बराबरको मालवस्तुको आयात बढेको सरकारी अभिलेखमा प्रष्ट छ ।

गत आर्थिक वर्षको पहिलो चारमहिना अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चारमहिनामा मुख्य दश मालबस्तुमध्ये पेट्रोलियम पदार्थ डिजल, पेट्रोल एटिएफ, मट्टितेल, जुट तथा जुटबाट बनेका सामान, पेट्रोलियम पदार्थ एलपी ग्यास, कपडा भाग ५१ देखि ६२ सम्म, प्लाष्टिकका कच्चा पदार्थ (पोलिथिन दाना अल्किड रेजिन पिभिसि कम्पाउन्ड) र तरकारीहरुको आयात घटेको छ । दलहन, खनिज उत्पादनहरु जिप्सन, मेसिनरी सामान र पार्टपूर्जाहरु तथा फलफूलहरुको आयातमा वृद्धि भएको सूचना अधिकारी कडेलले जानकारी दिनुभयो ।

राजस्व असुलीको मुख्यः स्रोत पेट्रोलियम पदार्थ डिजल, पेट्रोल एटिएफ, मट्टितेलको आयातमा १५ प्रतिशतले कमि आएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म काँकरभिट्टा नाका भएर ५ अर्ब ५२ करोड ८० लाख ७२ हजार रुपैयाँको यी मालवस्तु आयात भएकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब ४९ करोड ३९ लाख २६ हजार रुपैयाँको आयात भएको थियो । जुन रकम ९६ करोड ५८ लाख ५४ हजार रुपैयाँ कमि हो ।

यसैगरी जुट तथा जुटबाट बनेका सामानको आयातमा १८ प्रतिशतले कमी आउँदा दलहनको आयात भने ३२ प्रतिशले बढेको छ । १ अर्ब २४ करोड २१ लाख ३६ हजार रुपैयाँ मुल्य बराबरका जुट तथा जुटबाट बनेका सामान चालु आर्थिक वर्षको पहिलो चारमहिनामा आयात हुदाँ गत आवको सोही अवधिमा १ अर्ब ५२ करोड ४० लाख २३ हजार रुपैयाँका सामान आयात भएको थियो । उता फलफूलहरुको आयात ५ प्रतिशतले बृद्घि भएको छ भने तरकारीहरुको आयात २६ प्रतिशतले कमी आएको छ ।

चालु आर्थिक वर्षको पहिलो चारमहिनामा काँकरभिट्टा नाका भएर ३७ करोड ६९ लाख ९८ हजार रुपैयाँ बराबरका तरकारी नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा ५० करोड ६४ लाख ५ हजार रुपैयाँका तरकारी आयात भएका थिए । नेपालमा व्यवसायिकरुपमा तरकारी खेतीतर्फ कृषकहरुको आर्कषण बढेका कारण तरकारीको उत्पादन बढेकाले आयात कमि भएको बुझाई सरकारी अधिकारीहरुको छ । कृषिमा सरकारी अनुदान लक्षित कृषकहरुसँग पुग्ने गरेका कारण पनि उत्पादन तथा व्यवसायिक तरकारी खेती बढेको बताईको छ ।

मेसिनरी सामान र पार्टपूर्जाहरुको आयात सवैभन्दा बढि ३१ प्रतिशतले बढेको छ । यसले नेपाल यी सामग्रीमा अझै आत्मनिर्भर नभएर परनिर्भर बन्नु परेको प्रष्ट हुने यसका जानकारहरु बताउँछन् । गत आर्थिक वर्षको पहिलो चारमहिनाको अवधिमा भन्दा चालु आर्थिक वर्षको सोहि अवधिमा काँकरभिट्टा नाकाबाट आयात हुने यस्ता सामाग्री रकमको आधारमा ८ करोड १८ लाख २६ हजार रुपैयाँले बढेको छ ।

२६ करोड ४५ लाख १६ हजार रुपैयाँ बराबरका मेसिनरी सामान र पार्टपूर्जाहरु गत आर्थिक वर्षको चारमहिनामा आयात भएका थिए । चालु आर्थिक वर्षको सोहि अवधिमा ३४ करोड ६३ लाख ४२ हजार रुपैयँँ बराबरका त्यस्ता मालवस्तु नेपाल भित्रिएका छन् । नेपालमा ठुल्ठुला मेसिनरी पाटपूर्जा उत्पादन गर्ने उद्योगहरु कमी हुनु, भएका त्यस्ता कलकारखाना क्रमस बन्द हुदैं गएका कारण यस्ता सामाग्रीमा नेपाल परनिर्भर बन्नु परेको उद्योगी रामकाजी खत्रीको भनाई छ ।

खनिज उत्पदानहरु जिप्सनको आयात ७ प्रतिशतले बृद्घि हुदाँ कपडा भाग ५१ देखि ६२ सम्मको आयात ११ प्रतिशतले घटेको सरकारी तथ्याङ्क छ । पेट्रोलियम पदार्थ एलपी ग्यासको आयात १७ प्रतिशत तथा प्लाष्टिकका कच्चा पदार्थ (पोलिथिन दाना अल्किड रेजिन पिभिसि कम्पाउन्ड) को आयात ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चारमहिनामा पूर्वीनाका भएर ८८ करोड ४६ लाख १ हजार रुपैयाँको पेट्रोलियम पदार्थ एलपी ग्यास आयात भएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ७३ करोड १५ लाख १० हरजार रुपैयाँको मात्र आयात भएको भन्सारको अभिलेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.