भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको हृदयघातका कारण निधन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ । भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको शुक्रबार बिहान निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो।

हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै (मुग्लिन) निधन भएको छ। सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए।

यस्तै सन् २०१९ को जुलाईमा ५०–५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट भएका थिए।

भारत्तोलक कार्कीले ४४–४९ वर्ष उमेर र  २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन्।  उनले नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए भने केहि महिना अघि चर्चित गायक /संगीतकार शंकर थापा ‘स्माइल’ को वीर गोर्खाली नामक गीतको म्युजिक भिडियोमा समेत  अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.