प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको सहज जीत

लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएकाे खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेकाे हाे । सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍याे ।

लुम्बिनीका लागि साैरभ खनालले १८, प्रकाश केसीले १७ र कप्तान कृष्ण कार्कीले १५ रहन बनाए । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो । सदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाए । अरू ब्याट्सम्यान चल्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कप्तान कृष्ण कार्कीले ४, अनिल खरेल र विक्रम भुसालले २-२ तथा सन्दीप सुनार र दीपेन्द्र रावतले समान १-१ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेकाे लुम्बिनी ३ खेलबाट ४ अंकसहित अंकतालिकाकाे दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम भने अंक बिहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिम पहिलाे खेलमा वाग्मती प्रदेश र दोस्रोमा नेपाल पुलिस क्लबसँग हारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.