मेरो मेचीनगरको तेस्रो वार्षिकोत्सव : ‘पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’-महासचिव खरेल

१ माघ, बाहुनडाँगीः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नवीन खरेलले मुलुकको पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनिय भूमिका रहने बताउँनुभएको छ ।

‘मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ’ सोमबार झापाको मेचीनगर— ४ स्थित बाहुनडाँगीमा हव डिजिटल मिडिया प्रालि द्वारा सञ्चालित ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’को तेस्रो वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दैं महासचिव खरेलले भननुभयो—‘जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्रियाउन सकिने भएकाले त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । ’

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका रहेपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको महासचिव खरेलले स्पष्ट पार्नुभयो । नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्याधिक रहेकाले यसलाई चिनाउनका लागि पनि नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटकलाई स्वदेशमा भित्रियाउन सञ्चार माध्यमले विशेष योगदान गरेको भन्दैं महासचिव खरेलले हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो व्यवसायका रुपमा परिणत भइसकेको बताउनुभयो ।

खास गरेर ग्रामीण पर्यटन, विभिन्न जिल्लाहरूमा पर्यटन विकास क्षेत्रहरूको निर्माणमा समेत जोड दिने हो भने पर्यटनका लागि बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता महासचिव खरेलले औल्याउनुभयो ।

नेपाल र नेपालीको अनुहारमा चमक ल्याई आर्थिक संमृद्धिको विकास हासिल गर्नमा पर्यटन उद्योगले महत्वपूर्ण योगदान गर्न सक्ने भन्दैं पर्यटन व्यवासयी समेत रहनु भएका खरेलले यसमा प्रतिवद्धता, इमान्दारी र संवेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने पर्यटन क्षेत्रले अग्रगामि छलाङ मार्नुका साथै मुलुकको आर्थिक बिकासमा उच्च योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा ‘मेरो मेचीनगर डट कम लाई त्यसतर्फ लाग्न आग्रह समेत गर्नुभयो ।

हव डिजिटल मिडिया प्रालि अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै ‘मेरो मेचीनगर डट कम अनलाईन पोर्टल’ आवाज विहिनहरुको आवाज र भुई मान्छेहरु देखिने थलो बन्ने विश्वास दिलाउनु भएको छ । अनलाईन तीनवर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक सारागारा अप्ठयारा परिस्थितिलाई चिर्दैं सफलता पूर्वक यहाँसम्म आइपुगेको बताउँनुभयो ।

‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ ग्रामीण पत्रकारिताको पर्याय बनेको र ग्रामीण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन्छन् भन्ने सन्देश छर्न पनि ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ मार्फत हर प्रयास हाम्रो कोशिस गरीरहेको धारणा व्यक्त गर्नुभयो । आर्थिक पक्ष बलियो नभए अपेक्षा अनुसार परिणाम दिन नसकिने भन्दैं अध्यक्ष श्रेष्ठले मोफसलबाट यस्ता सञ्चारमाध्यम सञ्चालनमा ल्याउनु भनेको फलामको चिउरा चपाउनु जतिकै रहेको विचार राख्नुभयो ।

सञ्चारमाध्यमको आम्दानीको मुख्यः स्रोत नै विज्ञापन रहेको र विज्ञापनदाताहरुले विज्ञापन उपलब्ध नगराउने हो भने सञ्चारमाध्यम चल्न सक्ने अवस्थामा नरहेको र सञ्चारमाध्यमलाई लामो समयसम्म टिकाई राख्न र निरन्तरताका लागि सवैको साथ सहयोगको आवश्यकता पर्ने बताउनुभयो । प्रधान सम्पादक दुर्गाबहादुर लुइटेलले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सम्पादक लक्ष्मी उप्रेतीले सवागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । आनलाईनको विगतदेखि बर्तामान अवस्थाका बारेमा सम्पादक उप्रेतीले चर्चा गर्नुभयो । कार्यक्रममा मेरो मेचीनगर डटकमका प्रबन्ध निर्देशक एव् सह–सम्पादक सुजन प्रधान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएस(एन-प्याब्सन) झापाका सचिव भगिरथ राई, नेपाल स्काउट मेचीनगरका संयोजक रीता थापा तथा कम्पनीका शेयर सदस्यलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.