सरकारकाे निर्णयकाे व्यवसायीद्वारा स्वागत

A notice in Nepali from Mechinagar Ward No. 10
विराटनगर । विगत ३७ महिनादेखि रोकिएको जग्गाको कित्ताकाट सरकारले खोल्ने निर्णय गरेको छ।मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ताकाट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई पत्राचार गरेकी थिइन् ।उक्त पत्रको विषयमा घर जग्गा व्यवसायी संघ मोरङले एक विज्ञप्ति प्रकाशित गरी यथाशिघ्र निर्णय कार्यान्वयनको माग गरेको छ ।
कित्ताकाट रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खरबौं लगानी जोखिममा थियो भने, लाखौं किसानहरुको दिनदैनिकमा समस्या थपिएको थियो,’ घर जग्गा व्यवसायी संघका अध्यक्ष घनश्याम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘मन्त्रालयको तर्फबाट मन्त्रीज्यूले पठाउनु भएको पत्रको हामी स्वागत गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.