ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै, माघ १३ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् ।

नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई  सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.