नेपाली कांग्रेसको समायोजन समितिबाट अलग्गिए महेश आचार्य

A notice in Nepali from Mechinagar Ward No. 10

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न समिति बनाएको थियो।  उक्त समायोजन समिति सदस्य मध्ये एक हुन् महेश आचार्य । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समायोजन समिति सदस्यबाट राजीनामा दिएका छन्।

मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका उनले केन्द्रीय समिति बैठकमा यसबारे आफ्ना धारणा पनि राखेका थिए।उनले आफूलाई समायोजन समितिमा राखेको र करिब करिब तोकिएका कामहरू पूरा भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन्।

कांग्रेसले ७७ जिल्लामध्ये ७४ जिल्लामा समायोजनका काम सकेको छ। तीन जिल्लामा समायोजनका काममा विवाद छ। उक्त विवाद हल गर्ने जिम्मेवारी आजको केन्द्रीय समितिले निर्वाचन समितिलाई नै दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.