विश्वको दोस्रो अग्लो माउन्ट केटुका आरोहण गर्ने नेपाली आरोहीहरुलाई विमानस्थलमा स्वागत

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण  गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् ।

आरोहणको लागि कठीन मानिएको माउन्ट केटु हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोहीको टोलीलाई विमानस्थलमा स्वागत गरिएको छ ।टोलीलाई आज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको हो । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए । पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए ।

नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.