१३ असार, काँकरभिट्टा : झापा जिल्लाबाट २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा(एसईई) मा ७ हजार ३ सय २५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । एसईईमा झापाबाट जम्मा १५ हजार ४ सय ६२ जना सहभागी भएको मध्ये ४७.३७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् भने ८ हजार १ सय ३७ जना विद्यार्थी ननग्रेडेड (असफल) भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ । ३.४ देखि ४ जिपिए सम्म ल्याउने ७ सय ४७ जना, ३.२ देखि ३.६ ल्याउने २ हजार ४ सय ५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९ सय ७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १ सय ३ जना, २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षबाट लिखित र आन्तरिक दुबै तर्फ ३५ प्रतिशत ल्याउने लाई मात्र उत्तीर्ण हुने गरी नतिजा प्रकाशित गरेको कारण यसवर्षको नतिजामा असर परेको देखिन्छ ।