पूर्वराष्ट्रपति यादव भन्छन् : संसद विघटन नसोचेको घटना भयो

A notice in Nepali from Mechinagar Ward No. 10

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनलाई ‘चसोचेको घटना’ बताएका छन्। नागरिक फ्रन्टलाईनमा कुरा गर्दै यादवले भने, ‘यो नसोचेको घटना भएको छ। संसद विघटन संविधानको मर्म थिएन। म मात्र हैन सारा नेपाली स्तव्ध छन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नै नहुने काम गरेको उनले बताए।

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले सामान्यरूपमा लिएर सदर गर्नु अर्को भुल भएको उनले बताए। ‘संविधानको रक्षा गर्नु राष्ट्रपतिको कर्तव्य हो’, उनले भने, ‘उहाँले संसद विघटन किन आवश्यकता छ भनेर सोध्न पर्थ्यो। संविधानविद, राजनीतिज्ञलाई राखेर परामर्श गर्नु पर्थ्यो तर त्यसो नगरी सदर गर्नु भयो।’

संसद विघटनको कदमले संविधान घाइते भएको उनले बताए। आफ्नो कार्यकालमा दलहरुसँग छलफल नगरी कुनै काम नगरेको उनले बताए। चर्चित कटवाल काण्डमा ४ पटकसम्म प्रधानमन्त्रीलाई यस्तो नगर्नुस् भनेर छलफल गरेको उनले खुलाए।

अदालतले सहि निर्णय गर्ने विश्वास रहेको उनले बताए। ‘अदालत यही देश र देशवासीको हो। जनताले न्याय पाउने छन्’, उनले भने। पूर्वराष्ट्रपति यादवसँगको अन्तर्वार्ता आज साँझ ७ बजे नागरिकन्यूजमा प्रशारण हुने छ।

प्रतिनिधिसभा विघटनको विरोध गर्नेलाई प्रधानमन्त्री ओलीले राष्ट्रविरोधीको संज्ञा दिनुलाई पूर्वराष्ट्रपति यादवले तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा जननिर्वाचित संसद् विघटन गरेपछि कांग्रेस र कम्युनिस्टलाई भन्ने गरेको ‘अत’ (अराष्ट्रिय तत्व)को पुनरावृत्तिका रूपमा चर्चा गरे। ‘लोकतन्त्रमा मिडिया र व्यक्ति सबै बोल्न स्वतन्त्र हुन्छन्। गालीगलौजबाहेक बोल्न पाइन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.