आगामी निर्वाचनमा दाहाल-नेपाल पक्षको १० सिट पनि आउँदैन : प्रधानमन्त्री ओली

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् ।

बुधबार आफू निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।

उनले दाहाल–नेपाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले बैशाख २७ गतेसम्म पुग्दा दाहाल–नेपाल पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.