नेप्सेमा दोहोरो अंकको करेक्सन, आज ३ वर्षयताकै उच्च कारोबार

A notice in Nepali from Mechinagar Ward No. 10

१४ साउन, काठमाडौँ : लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ । दुई सातादेखि निरन्तर उछाल भइरहेको शेयर बजारमा सोमबार २०.४६ अंकले घट्दै करेक्सन देखिएको हो ।

आज नेप्से २६६१.०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रूपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो । यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको थियो ।

सोमबार नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, वाराही हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । भने, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बोट्ल्स नेपाल बालाजु, सिद्धार्थ इक्वीटी फन्ड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.