काँकडभिट्टाको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेटलाई

A notice in Nepali from Mechinagar Ward No. 10

१५ माघ, काठमाडौं । काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ ।

इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागी पाँच कम्पनीमध्येबाट ट्रान्स नेपालको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो ।

पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्नेगरी उक्त कम्पनीसँग बुधबार समितिले सम्झौता गरेको छ ।

समितिका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले गरेको करार सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीले फागुन १ देखि बन्दरगाहमा काम सुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.