टिकटकमाथि प्रतिबन्ध लगाउँदा २ अर्ब गुम्यो, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौँ : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० महिना अगाडि विना कारण टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपालले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ। टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुकले एक अर्ब ७८ करोड गुमाएको छ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ। तर, भीपीएन तथा ओपन डीएनएसको सहयोगमा टिकटकको प्रयोग भइरहेको छ। जसकारण नेपालमा ब्यान्डविथ खपत बढेको छ। र, यसले राज्यले पैसा गुमाइरहेको छ।

सरकारले प्रतिबन्ध लगाए पनि एप्लिकेसन गुगलको प्ले स्टोरमा नेपालमा अहिलेको समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप मध्ये दोस्रो नम्बरमा छ ।अन्य भीपीएन तथा ओपन डीएनएस प्रयोग भए पनि अहिले नेपालमा प्रतिबन्धित टिकटक चलाउने करिब ९० प्रतिशत प्रयोगकर्ता यही क्लाउडफ्लेयर एपमा निर्भर छन्।

प्रतिबन्ध लगाउने निर्णय भए पनि फरक बाटोबाट चलिरहेको छ। यसरी राज्यले पैसा गुमाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्। उनले टिकटकमाथिको प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएका छन्। छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ओलीले निर्देशन दिइसकेका छन्। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल थालेका छन्। प्रतिबन्ध खोल्न आग्रह गर्दै टिकटकले यसअघि सातवटा पत्र पठाइसकेको छ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको थियो। सर्वाेच्चले सरकारसँग टिकटकमा प्रतिबन्ध लगाउनुको कारण मागेको थियो।तर, यसबारे फैसला भने भएको छैन।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.