निकाले मेचीनगरका नेवार समुदायले गाईजात्रा

A notice in Nepali from Mechinagar Ward No. 10

४ भदौं , काँकरभिट्टा : भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मंगलबार आज (देखि) सुरु भएको छ । दिवंगत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसै क्रममा नेवा समाज मेचीनगरले समेत वर्ष दिनभरि दिवंगत आफन्तको चिरशान्तिको कामना गर्दै गाईजात्रा मनाएको छ । झापाको मेचीनगरको काँकरभिट्टामा पनि वर्षभरि दिवंगत भएका व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो । समाजको अगुवाईमा नगरका नेवार समुदायले गाईजात्रा निकालेको समाजका पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष भरि दिवंगत भएका काँकरभिट्टाका दुईजना व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको थियो ।उनीहरुको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिएको बताईएको छ ।

झापा मेचीनगर —६ काँकरभिट्टाका दिंवगत प्रेमबहादुर श्रेष्ठ र वीरबहादुर श्रेष्ठको घरबाट गाईजात्रा निकालिएको थियो । दिंवगत श्रेष्ठद्वयको चिरशान्तिको कामना गदैं उहाँहरुको परिवारले समाजको अगुवाईमा गाईजात्रा निकाले हो । प्रेमबहादुरको २०८० पुस ५ गते र वीरबहादरको २०८० साल कात्तिक २४ गते निधन भएको थियो । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्यु भएपछि भावविह्वल भएकी रानीलाई मनाउन जात्रा निकाल्ने प्रचलन सुरु गरेको मान्यता छ ।

परम्परागत रुपमा निकालिएको गाईजात्रा मेचीनगर नगरपालिकाको मुख्यः बजार काँकरभिट्टा परिक्रमा गराइएको थियो । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवम् मृतआत्माहरुले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मीहरुको भनाई छ ।

समाजले परापूर्वकालदेखि गाईजात्रा पर्व मनाउदै आएको समाजका अध्यक्ष कमल गुभाजुले जानकारी दिनुभयो । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि काँकरभिट्टामा यसको विशेष रौनक देखिने गर्छ । झापाको मेचीनगर —६ काँकरभिट्टामा निक्कै ठूलो संख्यामानेवार समुदाय बसोबास गर्दै आएको समाजको भनाई छ । समाजले यसलाई निरन्तरता दिने अध्यक्ष गुभाजुको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.