१७ हजारले अनफलो गरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई : अनफलो गर्नेमा मेयर बालेनका समर्थकहरु

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौं, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाको अभियान छेडेका हुन् । यो समाचार तयार पार्दासमेत ओलीको पेजमा लाईक गर्नेहरु हजारौंको संख्यामा घटेका छन् ।

अहिले ६ लाख १७ हजार फलोअर्स थिए । हाल केपी शर्मा ओलीको फलोअर्स १७ हजार घटेर ६ लाख भएको छ ।  काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेसबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले “फेसबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो गरेका हुन् । यो क्रम तिव्र गतिमा चलिरहेको छ ।
अनफलो पछि देखिएको प्रधानमन्त्री ओलीको फलोअर्स :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.