राष्ट्रिय महिला लिग: आर्मीले रौतहटलाई १०-० गोलको फराकिलो अन्तरले हरायो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, माघ १६ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सानदार जित हात पारेको छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिका रौतहटलाई १०-० गोलले पराजित गरेको हो।

आर्मीको जितमा शर्मिला थापा र रश्मि घिसिङले ४-४ गोल गरे भने विमला चौधरी र सपना लामाले १-१ गोल थपे।

जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीको ७ अंक भएको छ। तेस्रो स्थानको नेपाल पुलिस क्लब र चौथो स्थानको वालिङ नगरपालिकाको समान ५-५ अंक छ। विमलाले खेलको तेस्रो मिनेटमा गोल गरिन् ।

शर्मिलाले १५, ३५ र ५१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन्। उनले ६४ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। सपनाले खेलको ४४ मिनेटमा गोल गरेकी थिइन् । रश्मिले खेलको ५९, ६२  र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् ।  उनले ८४ मिनेटमा व्यक्तिगत चौथो गोल गर्न सफल भइन्।

आर्मीका प्रशिक्षक राजु तामाङले ठूलो अन्तरको जितले टिमको आत्मविश्वास बढाएको बताए। चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले मुख्य खेलाडी घाइते हुँदा प्रदर्शन खस्किएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.