प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ  । एपीएफमाथि ३३ रनको रोमाञ्चक जित निकाल्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आर्मीले दिएको २ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१.३ ओभर सबै विकेट गुमाएर १ सय ७८ रनमो समेटिँदा आर्मी विजयी भएको हो ।

आर्मीले चौथो पटकको प्रयासमा विजयी ट्रफी उचाल्न सफल भएको हो । यसअघि सम्पन्न तीन संस्करणमध्ये पहिलो संस्करणमा संयुक्त रूपमा विजयी हुँदा त्यसपछिका संस्करणमा उपविजेता बनेको थियो । दोस्रो संस्करणमा एपीएफबाट पराजित भएको थियो भने तेस्रो संस्करणको खेलमा अर्को विभागीय टोली नेपाल पुलिससँग स्तब्ध भएको थियो ।

शनिबार भएको फाइलनमा एपीएफलाई दोस्रो संस्करणमा भोगेको पराजयको बदला लिएको हो । विजयी आर्मीले उपाधिसँगै नगद १० लाख रुपैयाँ हात पारेको छ । यस्तै उपविजेतमा सीमित भएको एपीएफले नगद पाँच लाख रुपैयाँ हात पार्‍यो ।

एपीएफविरुद्ध जित निकाल्दा आर्मी तीन बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । विक्रम शोब, जितेन्द्र मुखिया र साहब आलमले समान तीन/तीन विकेट निकाल्दा आर्मी सस्तैमा समेटिएको थियो । २१ रनको व्यक्तिगत स्कोर बनाउँदा ओपनर सुवास खकुरेललाई गुमाएको एपीएफका लागि  कप्तान शरद भेषवाकर शून्यमा पवेलियनको बाटो फर्किएका थिए ।

आशिफ शेखले ६१ रनको अर्धसतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन् । जितेन्द्र मुखियाको बलमा रोहित पौडेलबाट क्याच भएर पवेलियन फर्किएका आशिफले ७१ बलको सामना गर्दा ८ चौका र १ छक्का प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.