ज्योति विकास वैक लि ले दियो मेचीनगरलाई बेबी वार्मर

A notice in Nepali from Mechinagar Ward No. 10

२६ कात्तिक, धुलावारी : ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मेचीनगर नगरपालिकाको प्रसुित गृहलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बेबी वार्मर नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने मेसिन हो । बैंकले अस्पतालमा नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

नगर आधारभूत अस्पताललाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ बैंकका अनुसार डा. महाविर पुनद्वारा प्रर्वद्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा “न्यानो नानी परियोजना” अन्तर्गत पछिल्लो चार वर्षमा देशका ४९ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको बैंकका हेड अफ डिपार्टमेन्ट मार्केटिङ्ग ब्राण्डिङ्ग कुशलजंग अधिकारीले जानकारी दिनुभयो । उहाँले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मर प्रदान गरेको स्पष्ट पार्नुभयो ।

अस्पतालमा आयोजित कार्यक्रममा ज्योति विकास बैंक धुलावारीका शाखाका प्रवन्धक विवेक अधिकारीलगायतको प्रतिनिधि मण्डलले प्रदान गरेको बेबी वार्मर (न्यानो नानी) मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर आधारभूत अस्पतालका प्रमुख डाक्टर आशिष निरौलले संयुक्तरुपमा ग्रहण गर्नुभयो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट मेचीनगर नगरपालिकालगायत आसपासका पालिकाहरुबाट मेचीनगर आधारभूत अस्पतालको प्रसुति गृहमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गर्नुभयो । यसका लागि बैंकलाई नगरवासीकैतर्फबाट धन्यवाद ज्ञापन समेत गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले यसको अभावमा थुप्रै नवजात शिशुहरु कठियाङग्रेर मृत्यु हुने गगरेको र यसले यसको मृत्यु दरमा कमि ल्याउने बताउनभुयो ।

 

साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो ।

कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु, मेचीनगर स्वास्थ्य शाखाका सहसंयोजक रामप्रसाद अधिकारी, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । उनीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । ज्योति विकास बैंकले हाल एकसय २० बढी, शाखा कार्यालय र थप विस्तारित काउन्टर तथा ७० वटा बढी एटीएम मार्फत सेवा उपलव्ध गराउँदैं आएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.