१९ मंसिर, मेचीनगर : अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्ति तथा संस्थाको प्रतिनिधिहरुको सहभागितामा कार्यपत्र प्रस्तुत तथा विभिन्न रचनात्मक खेललगायतका कार्यक्रम गरी दिवस माइएको हो ।
मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको उदघाटन सत्रमा समाज सुधार युवा संघ अपाङ्ग सहयोग समिति मेचीनगरका अध्यक्ष धर्मराज घिमिरेले मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको सवालमा भएका प्रयास र चुनौती सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ । नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउने गरिएको छ ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार मेचीनगर नगरपालिकाको कुल जनसंख्या १ लाख ३३ हजार ७३ रहेको र कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत वा ३ हजार ३ सय २७ जना अपाङ्गता भएका व्यक्तिहरू रहेको कार्यपत्रमा उल्लेख छ । सहायक समाग्री प्रयोगकर्ता अपाङ्गता भएको व्यक्तिहरूले निःशुल्करुपमा आवश्यकता बमोजिम र समय अनुकूल सामग्री प्राप्त गर्न नसक्नु, मेचीनगर स्थलमा अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामग्ीहरुकोउत्पादन तथा मर्मत केन्द्रको स्थापना र सञ्चालन हुन नसक्नुलगायत थुप्रै चुनौतहीहरु रहेको कार्यपत्रमा उल्लेख छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसंख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् ।प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् ।
जनगणनाको प्रतिवेदन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।
सोहि अवसरमा आयोजित चम्चा दौडमा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुने क्रमस खगेन्द्र राजवंशी, युवराज बस्नेत, हरीमाया कार्की, र पवित्रा तामाङ्गलाई नगन पुरस्कार प्रदान गरियो । यसैगरी, सियो दौड प्रतियोगिताका विजेता क्रमस रुपा किसान,आशिका पोखरेल, दुर्गा खड्का र रिम्पा राजवंशीलाई प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना नगद पुरस्कार प्रदान गरियो । विस्कुट दौडमा सोमनाथ न्यौपाने, अम्बिका पोखरेल, सुरज तामाङ्ग विमला खत्री क्रमस प्रथम, दोस्रो तेस्रो र सान्तवना भए ।
हण्डी फुटाउने मञ्जिला तामाङ्ग, विकास कार्की, मीना गिरी ले नगद पुरस्कार प्रनप्त गरे । सिर्जनात्मक कला प्रस्तुती नीला भट्टराई मुक्तक, मीना गिरी कविता, सुरज तामागं जीवनी,मञ्जिला तामागं नृत्य, विकास कार्की नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई नगर उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य अञ्जु थापा, राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्की, करुणा फाउण्डेशन नेपाल सिबिआर म्यानेजर सन्तोष सुनुवार, करुणा फाउण्डेशन नेपालका सिनियर तथ्याङ्गक अधिकृत पुनम विष्ट, करुणा फाउण्डेशन नेपालका झापा जिल्ला संयोजक सञ्जय शर्मा गुरागाईँलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी, सोहि कार्यक्रममा मेचीनगर नगरपालिकास्तरीय प्रस्तावित ओपीडी गठन गरिएको छ । धर्मराज घिमिरेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा गंगा संग्रौला र राम बुढाथोकी, सचिवमा अनिश काफ्ले, सहसचिव रविन्द्रकुमार न्यौपाने, कोषाध्यक्ष निला भट्टराई छन् ।
सदस्यहरुमा युवराज बस्नेत, गोपाल तामाङ्ग, विष्णुकुमार श्रेष्ठ, हेमलाल सापकोटा, अम्बिका पोखरेल, सृजना कट्टेल, चुडामणि दाहाल, सोमनाथ न्यौपाने, पुष्पा खड्का, सरिता तामाङ्ग, रीता नेपाल, आश्विनीकुमार काफ्ले, कोषराज प्रसाई र दुर्गाबहादुर खड्कारहेका छन् ।
मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल र करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदम वराईलीले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, येजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्ती, राष्ट्रिय अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्कीलगायतले बोल्नुभएको थियो ।

























