बराल र शाक्यलाई ‘ वुमेन इन साइन्स ‘ अवार्ड

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेपाल एस्ट्रोनोमिकल सोसाईटी नासोले प्रदान गर्दै आएको विज्ञानमा महिला पुरस्कार अवार्ड यस वर्ष पोखराकी आकृति काफ्ले बराल र बनेपाकी रोजिना शाक्यले पाएका छन् ।

बरालले व्यवसायिक विधातर्फ २५ हजार राशीको र शाक्यले विद्यार्थी विधातर्फ १५ हजार राशीको वुमन इन साइन्स अवार्ड(वुसा) प्रदान गर्न लागिएको हो । नर्सिङमा स्‍नातकोत्तर गरेकी ३२ वर्षीया बराल पोखराको चरक एकेडेमिमा अध्यापन समेत गराउँछिन् । २८ वर्षीय शाक्य ख्वप इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङमा स्‍नातकोत्त गरिरहेको छन् ।
विज्ञानमा सक्रिय भएका महिलाहरुलाई प्रोत्साहन र प्लेटफर्म दिने उद्देश्यले नासोले सन् २०१७ देखि वुमेन इन साइन्स अवार्ड प्रदान गर्दै आएको नासोकी कार्यक्रम संयोजक मनिषा द्‍वाले बताइन् ।

अवार्डका लागि देश तथा विदेशबाट ५० वटा आवदेन परेका थिए । ती मध्ये अन्तिम १८ जनालाई छनोट गरेर मूल्यांकन गरेर विजेता घोषणा गरिएको थियो ।

यस्तै, पब्लिक च्वाइस अवार्डतर्फ काठमाडौंकी समीक्षा कँडेलले व्यवसायिक विधातर्फ र शुभेक्षा सापकोटाले विद्यार्थी विधातर्फको अवार्ड जितेका छन् ।

नासोले अवार्डका लागि विज्ञसहितको ६ सदस्यीय निर्णायक समिति गठन गरेको थियो । उक्त समितिमा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा.ऋृषि शाह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा. सिताराम ब्याहुत, काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा. बालचन्द्र लुइँटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष श्री नविन मुनाकर्मी तथा युवा प्राविधिज्ञ ई. रोशन पाण्डे थिए ।

विजेताहरुलाई माघ २९ गते ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ को अवसर परेर वितरण गरिने नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.