सीमानाका खुला भएको सुनेपछि सवारी साधन लिएर भारत जान खोज्नेको भीड

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर , माघ १९ । सीमा नाका खुलेको खबर सुनेको तीन दिनपछि झापा शनिश्चरेका बिनोद चौलागाईं बिहानै मोटरसाइकमा काँकरभिट्टा नाका आइपुगे। उनलाई सीमानाका ड्युटीमा खटेका प्रहरीले ‘ इन्डिया जाने हो भने मोटर साइकल यही राख्नुहोस् र नागरिकता बोकेर जानुहोस् ‘ भनेपछि उनी छक्क परे । उनी जस्तै दिनहुँ आफ्नो सवारी साधन लिएर भारत जान खोज्नेको लर्को छ ।

कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई  माघ १५ गते  बिहीबार सरकारले खुलाउन  जिल्ला प्रशासन कार्यालयलाई  सर्कुलर पठाएको थियो  ।

अहिले सीमानाका खुला भएको  खबर आएपछि कोरोना महामारी शुरु हुनुभन्दा अघिको अवस्था झैँ  होला भन्नेको भीड बढेको छ ।  इलाका प्रहरी कार्यलय काँकारभिट्टाले सीमानाका खुला बारे द्वविधा नपर्न आग्रह गरेको छ  । काँकारभिट्टा नाकाबाट  नेपालीले घरायसी  सामान खरिद, उपचार गराउन , नातागोता भेटघाटका लागि  समेत ओहोरदोहोर गर्न पहिले झैँ पाउने  र एम्बुलेन्स लगायत अत्याश्वक सवारी साधनमात्र ओहोरदोहोर हुने बताएको छ ।

 

यो पनि 

नाका खोल्न माग गर्दै सीमावर्ती भेगका नागरिक चरणबद्ध आन्दोलनमा छन् ।  त्यसैगरी  मेचीनगर नागरिक खुल्ला सीमा संघर्ष समितिले पनि नाका पूर्ण रुपमा खुला हुनुपर्ने माग गर्दै आएको छ ।  यसअघि १४ नाका खोलिएकामा माघ १ १ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको थियो  । गृह मन्त्रालयका अनुसार खुला गरिएका जम्मा  ३० नाकाहरु निम्नानुसार छन्  :

खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) , पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी)  रहेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.