अरुणोदय म्याराथनको उपाधि अमन वाँतर र दिया वस्नेतलाई

A notice in Nepali from Mechinagar Ward No. 10

३ फागुन, मेचीनगर : अरुणोदय आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित अरुणोदय म्याराथनको उपाधि अमन वाँतर र दिया वस्नेतले जितेका छन् । शनिबार बिहान ७ः३० बजेबाट सुरु भएको ८ किलोमिटर लामो म्याराथन दौंडमा अरुणोदय आवासीय मा.वि.बाट मेचीनगर ७ सतिघटा सम्म र सतिघट्टाबाट अरुणोदय मा.वि सम्म सञ्चालन भएको थियो ।

प्रथम स्थान हासिल गर्न सफल अमन वाँतर

 

छात्रातर्फ प्रथम स्थान हासिल गर्न सफल दिया वस्नेत

म्याराथन दौडको छात्र तर्फको दौडमा कक्षा ७ मा अध्ययनरत छात्र अमन वाँतर प्रथम, कक्षा ८ मा अध्ययनरत छात्र  अर्पण राई   द्वितीय र कक्षा ८ मा अध्यययनरत छात्र मन्दिप भूजेल तृतीय बन्न सफल भएका छन् ।

दितीय स्थान हासिल गर्न सफल अर्पण राई
दितीय स्थान हासिल गर्न सफल छात्रा युनिका विश्वकर्मा

त्यसै गरी छात्रा तर्फ अरुणोदय आवसीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा दिया वस्नेत प्रथम, कक्षा ६ मा अध्ययनरत छात्रा युनिका विश्वकर्मा द्वितीय र कक्षा ७ मा अध्ययतरत छात्रा प्रेक्षा तामाङ्ग तृतीय भएका छन् ।

तृतीय स्थान हासिल गर्न सफल मन्दिप भूजेल
तृतीय स्थान हासिल गर्न सफल छात्रा प्रेक्षा तामाङ्ग

विद्यार्थीहरुको उत्साहवर्धक सहभागिता सहित कुल २३० जना छात्र/छात्राहरुले उक्त म्याराथुन दौडमा भाग लिएको विद्यालयका खेल शिक्षक कृष्ण राजवंशीले बताउनु भयो ।
विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र विद्यालयको वार्षिक खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा वितरण गरिने विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.