निर्मल पुर्जाले नयाँ योजनासाथ हिमाल चढनेलाई १ लाख रुपैंया दिने

A notice in Nepali from Mechinagar Ward No. 10

विश्वको दोश्रो ठूलो शिखर केटु हिमाल पहिलो पटक हिउँदे याम सफल आरोहण गर्न सफल भएको नेपाली टोलीका नेता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सदभावना दुत मनोनयन गरेको छ। आरोही पुर्जालाई सन २०२१ अबधिकालागि सदभावना दुत नियुक्त गरिएको हो। उनले १ वर्षको अबधिमा अन्तराष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचार प्रसार गर्ने छन। उनलाई १ लाख रुपैंया नगद पुरस्कार पनि प्रदान गरिएको थियो। विश्वमै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका निर्मल पुर्जा यसपालीको केटु आरोहणमा अन्य ९ जना आरोहीहरु सम्मिलित थिए।

संघले आरोहण टोलीका १० जना नेपाली आरोहीहरुलाई नेपाल पर्वतारोहण संघको १० वर्षको सदस्यता नविकरण शुल्क पनि मिनाहा गरेको छ।यसरी नविकरण शुल्क मिनाहा गरिएका आरोहीहरुमा निर्मल पुर्जा, मिङमा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा ,दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन। संघको बैठकले किर्तिमानी आरोहीहरुलाई सम्मान स्वरुप सदस्यता नविकरण शुल्कमा मिनाहा गरेको हो। संघकि उपाध्यक्ष एंव सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको शुझाब अनुसार शुल्क मिनाहा गरिएको थियो।

कार्यक्रममा आरोही निर्मल पुर्जाले आफूले प्राप्त गरेको १ लाख रुपैंया हिमालमा कुनै नौलो योजनाका साथ आरोहण गर्न जाने नेपाली आरोहीलाई प्रदान गर्ने जानकारी दिए। उनले नेपाल पर्वतारोहण संघ आफ्नो घरजस्तै भएकोले यसको प्रचारप्रसारमा आफू सकृय रहने प्रतिबध्दता ब्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.