अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

A notice in Nepali from Mechinagar Ward No. 10

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने भएका छन्। दैलेखको डुङ्गेश्वर गाउँपालिकाकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो।

गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन्। उनीहरुलाई मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए।’भत्ता ६/६ महिनामा वितरण गरिनेछ’, अध्यक्षले भने।

त्यसैगरी बिवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अबिवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.