मेचीनगरमा ढल तथा फोहर पानी व्यवस्थापनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण हुने

मेचीनगर, १२ फागुन। मेचीनगर नगरपालिकाले मुख्य बजार क्षेत्रका ढल तथा फोहर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्ने भएको छ।

संघीय खानेपानी मन्त्रालयले मेचीनगरका मुख्य बजार क्षेत्रमा ढल तथा फोहर पानी व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै डिपिआरका लागि आवश्यक पहल सुरु गरेको हो।

डिपिआर निर्माणका लागि ‘मेचीनगर फोहर पानी व्यवस्थापन आयोजना’ तयार गरिएको छ। डिपिआर निर्माण भएपछि ढल व्यवस्थापन तथा फोहर पानी प्रशोधनको कार्य अघि बढ्नेछ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले २०७९ मंसिर १४ गते खानेपानी तथा ढल व्यवस्थापन विभागलाई पत्र पठाउँदै एकीकृत खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए।

नगरप्रमुख बुढाथोकीका अनुसार मेचीनगरका मुख्य बजारहरूमा ढल तथा फोहर पानी व्यवस्थापनको समस्या रहँदै आएको छ।

“थोरै जमिनमा बनेका घरहरूबाट निस्किने फोहोर पानीको उचित व्यवस्थापन नहुँदा सडकमा बग्ने समस्या छ,” उनले भने, “त्यसैले उचित ढल निर्माण र फोहोर पानी प्रशोधनका लागि मन्त्रालयमार्फत यो योजना अघि बढाइएको हो।”

डिपिआर बनेपछि मेचीनगरका मुख्य बजार क्षेत्रमा योजनाबद्ध रूपमा ढल निर्माण र फोहर पानी प्रशोधनको कार्य अगाडि बढाइनेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.