प्रचण्ड-नेपाल समूहले माघ २२ गते बिहीबार आमहड्ताल गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

नेकपाको प्रचण्ड-नेपाल समूहले माघ २२ गते बिहीबार आमहड्ताल गर्ने भएको छ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल गर्न लागेको हो। यसबारे दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले बताए।

सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो। संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्।

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले भने संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.